एन्फले बनायो खेलाडी अभ्यासको ‘प्रोट्रोकल’, खेलाडीले अव गर्न पाउने छैनन् यस्ता कार्य !

 कोर खबर   २२ सावन, २०७७



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको अभ्यासका लागि अवलम्बन गर्नुपर्ने ‘प्रोट्रोकल’ तयार पारेको छ । एन्फाले मेडिकल टिमसँग बसेर खेलाडीले अभ्यासका दौरान पालना गर्नु पर्ने नियमको निर्धारण गरेको हो ।

मेडिकल टिमले तयार पारेको प्रोट्रोकललाई लिएर एन्फाले खेलाडीसँग समेत छलफल सकाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले दिएको निर्देशन अनुसार अभ्यासका लागि ‘प्रोट्रोकल’ तयार पारिएको एन्फाले जनाएको छ ।

अभ्यास ‘प्रोट्रोकल’ अनुसार खेलाडी मैदान प्रवेश गर्दा र बाहिर निस्कदाको समय चेन्जिङ रुममा बस्ने समय घट्ने भएको छ । अभ्यासको अघि कोरोना संक्रमणको बिषयमा खेलाडी तथा स्टाफलाई जानकारी दिने र अभ्यासको दौरान खेल मैदानमा दर्शकलाई निषेध गरिने ‘प्रोटोकल’मा उल्लेख छ ।

खेलाडीको नियमित तापक्रप नाप्नुको साथै दैनिक रुपमा अभ्यास मैदानलाई निर्मलीकरण गरिनेछ । टिमको बैठक पर्याप्त दुरी कायम राख्दै खुल्ला स्थानमा राखिने ‘प्रोट्रोकल’मा उल्लेख छ ।

खेलाडीलाई सामुहिक रुपमा खाना खान निषेध गर्दै सकेसम्म दुरी राखेर मात्र भान्सामा बस्नु पर्ने नियम बनाईएको छ । अभ्यासका दौरान हरेक खेलाडीले नीजि पानीको बोत्तल प्रयोग गर्नु पर्नेछ । खेलाडीलाई चेन्जिङ रुम र नुहाउने समयमा सानो समुहमा मात्र प्रवेश गराईने उल्लेख छ ।

फिटनेस कोठामा सानो संख्यामा खेलाडी राखिने र प्रयोग पश्चात निर्मलीकरण गरिने ‘प्रोट्रोकल’मा जनाईएको छ । विश्वकप छनोट अन्तर्गत राष्ट्रिय फुटबल टिमले भदौ १ गतेबाट अभ्यास सुरु गर्दैछ । एन्फाले अभ्यासको दौरान खेलाडीले पालना गर्नु पर्ने ‘प्रोट्रोकल’ तयार पारेको हो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post