केजीएफ टुः खतरनाक छ अधिराको रुपमा सञ्जय दत्तको लुक

    १४ सावन, २०७७



पछिल्ला केही समयदेखि प्रशंसकले केजीएफ सिरिजको दोस्रो फिलम केजीएफ टुको प्रतिक्षा गरिरहेका छन् । यो फिल्मको पहिलो लुक पहिले नै सार्वजनिक गरिएको छ । अब सञ्जय दिनको जन्मदिनमा उनको क्यारेक्टरलाई एउटा पोस्टर रिलिज गरिएको छ । सञ्जय दत्त फिल्ममा अधिरा नामको नेगेटिभ भूमिका निभाइरहेका छन् र उनको लुक खतरनाक छ ।

यो फिल्ममा सञ्जय दत्त कवच लगाइरहेको देखिएका छन् र टाउकोमा ट्याटुले उनलाई खतरनाक देखाउन सहयोग गरेको छ । पोस्टरमा सञ्जयको हातमा एउटा तरबार पनि देखिएको छ । पोस्टरलाई फिल्मका निर्देशक प्रशान्त नीलले सेयर गरेका हुन् । साथै,  फिल्ममा सहभागी भएका कारण सञ्जय दत्तलाई धन्यवाद दिएका छन् । उनले आफ्नो पोस्टमा चाँडै नै यो फिल्मको सुटिङको अर्को शेड्युललाई चाँडै नै सुरु हुने आशा पनि जताएका छन् ।

स्मरण रहोस्, यसअघि केजीएफ २ मा आफ्नो अधिराको भूमिकाबारे कुरा गर्दै सञ्जय दत्तले उनको यो भूमिका अभेन्जर्सको थानोसजस्तो खतरनाक भएको बताएका थिए । केजीएफको दोस्रो भागमा मुख्य भूमिकामा पनि साउथका सुपरस्टार यश हुनेछन् । यसबाहेक यो फिल्ममा रबिना टन्डनको पनि महत्वपूर्ण भूमिका रहनेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post