एस्टन भिल्ल्लासँग आर्सनल स्तब्ध

 कोरखवर   ७ सावन, २०७७



एजेन्सी – लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको छ ।

ट्रेजिगुएटले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा आर्सनल घरेलु टोली एस्टन भिल्लासँग पराजित हुन पुगेको हो । उनले खेलको २७औं मिनेटमा टायरोन मिङ्सको पासमा गोल गरेका थिए ।

खेलमा ६९ प्रतिशत बल पोजेसन राखेपनि आर्सनलले घरेलु टोली भिल्लाको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।

यो जितले एस्टन भिल्लाले रेलिगेसन जोन छाडेपनि रेलिगेसनमा पर्ने सम्भावना अझै रहेको छ । भिल्ला ३७ खेलबाट ३४ अंक जोडेर १७औं स्थनमा रहेको छ । भिल्लाले वाट्फोर्डलाई गोलअन्तरमा पछि पारेको हो ।

अब अन्तिम खेलबाट नै रेलिगेसनमा पर्ने तेस्रो टोलीको टुंगो लाग्नेछ । बर्नमाउथ र नर्विच सिटी रेलिगेसनमा परिसकेको छ । अब भिल्ला र वाट्फोर्डमध्ये एक टोली रेलिगेसनमा पर्नेछ ।

अन्तिम चरणमा वाट्फोर्डले आर्सनलसँग तथा एस्टन भिल्लाले वेस्टह्याम युनाइटेडसँग खेल्न बाँकी छ । आर्सनल ५३ अंक जोडेर १०औं स्थनमा यथावत छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post