समाज

सङ्खुवासभाको खाँदबारीमा घरमै चट्याङ पर्दा दुई जना घाइते

सङ्खुवासभाको खाँदबारी नगरपालिका-४ सेकाहामा आइतबार साँझ हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर दुई जना घाइते भएका छन्।

साँझ करिब ६:३० बजे घरमै बसिरहेका बेला परेको चट्याङ लागेर स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका-५ घर भई हाल खाँदबारी-४ स्थित मामाघरमा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार चट्याङका कारण गणेशप्रसादको निधार र दायाँ हातमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ। अर्का घाइते सबिनको बायाँ हातमा चोट लागेको र अवस्था सामान्य रहेको उनले बताए।

विज्ञापन

घाइते दुवै जनालाई घटनालगत्तै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा, खाँदबारी ल्याइएको छ। हाल उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनाको खबर पाउनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा उद्धार कार्य गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।