त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरोका अनुसार २५ वर्षीय भारतीय नागरिक सुबोध कुमार समातिएका हुन्।
ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो। सुबोध थाई एयरवेजको उडान नम्बर टीजी ३१९ मार्फत नेपाल आएका यात्रुको निगरानी तथा शंकास्पद गतिविधिको जाँच गर्ने क्रममा उनलाई पक्राउ परेका हुन्।
प्रहरीले उनको साथबाट ३ किलो थाई गाँजा, एक थान राहदानी र एक थान मोबाइल समेत बरामद गरेको जनाएको छ। पक्राउ परेका कुमारमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।