राजनीति

बुधबार सुरु हुने एमालेको राष्ट्रिय भेलाको तयारी पूरा, ३ हजार ४१४ जना सहभागी हुने

नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ।

भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका प्रतिनिधि तथा जनप्रतिनिधिसहित ३ हजार ४१४ जना सहभागी हुने भएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्।

विज्ञापन

उनका अनुसार भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

काठमाडौंको माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलामा संघीय संसद्, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।

एमालेका अनुसार भेलाको मुख्य उद्देश्य पार्टीको तेस्रो पूर्ण बैठकबाट पारित दुई प्रमुख कार्यभार तथा १५ वटा कामको कार्यान्वयन अवस्थाबारे छलफल गर्नु हो।

भेलामा अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। त्यस्तै, पूर्वराष्ट्रपति तथा वरिष्ठ नेता विद्यादेवी भण्डारीले पनि सम्बोधन गर्ने कार्यतालिका छ।

उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल तथा महासचिव शंकर पोखरेलले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकारले प्रतिशोधको भावनाबाट काम गरिरहेको आरोप लगाउँदै पार्टी अध्यक्ष ओलीमाथि समेत प्रतिशोध साँधिएको दाबी गरे।

उनले पार्टी पुनर्गठनको विषयलाई सचिवालयले अपनत्व लिएको उल्लेख गर्दै आवश्यक समयमा कार्यान्वयन गरिने बताए। राष्ट्रिय भेलाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकताबद्ध बनाउने उनको दाबी छ।

पोखरेलले स्थानीय तहलाई एमालेले सधैँ प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै राष्ट्रिय भेला स्थानीय तह निर्वाचनको तयारीसँग समेत जोडिएको बताए।

उनका अनुसार यो भेला नयाँ निर्णय गर्नेभन्दा यसअघि भएका निर्णय कार्यान्वयनमा लैजाने उद्देश्यले आयोजना गरिएको हो।

यसैबीच, पोखरेलले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति टिप्पणी गर्दै उनको स्वभाव लोकतान्त्रिक नरहेको आरोपसमेत लगाए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।