अर्थतन्त्र

आन्तरिक राजस्व कार्यालय कृष्णनगरले साढे ३ महिनामा उठायो ६७ करोड राजस्व

आन्तरिक राजस्व कार्यालय कृष्णनगरले चालु आर्थिक बर्ष २०८३/ ०८४ को साढे ३ महिनामा ६७ करोड ४२ लाख ७ हजार राजस्पव संकलन गरेको छ ।

चालु आर्थिक बर्षको साउन देखि कार्तिक १८ गते सम्म सो राजस्व संकलन गरेको हो । चार महिनाकालागि तोकिएको ९८ करोड ६७ लाख ८६ हजार लक्ष्य तोकिएकोमा सो अवधिमा भने लक्ष्यको ६८ दशमलव ३२ प्रतिशत मात्र राजस्व उठेका हो ।

आयकर र अन्य कर मात्र लक्ष्य भन्दा बढी संकलन भएको छ । बाकी अन्य करहरु भने लक्ष्य अनुसार उठन सकेको छैन । साढे ३ महिनामा आयकर २० करोड ६४ लाख ९७ हजार राजस्व संकलन भएको कार्यालयका सुचना अधिकारी पिताम्बर न्यौपानेले बताए । जुन तोकिएको लक्ष्य भन्दा ११ दशमलव ३९ प्रतिशत बढी हो ।

विज्ञापन

अन्य करमा ३० लाख २७ हजार संकलन भएको छ । जुन लक्ष्य भन्दा चार गुना बढी हो । बाहाल कर २२ लाख ८४ हजार ब्याजमा १ करोड ५१ लाख १७ हजार उठेको छ । मुल्य अभिबृद्धि कर आन्तरिक १४ करोड ३५ लाख १३ हजार, अन्त शुल्क आन्तरिक २९ करोड ५५ लाख ५२ हजार, स्वास्थ्य शुल्क ८२ लाख १८ हजार उठेको छ ।

उता साउनदेखि असोजसम्म अन्त शुल्क ६८, आईटिएक्स ३ सय २२, ब्यक्तिगत प्यान १ हजार १३५, भ्याट १ सय ५ र डब्लुपिएन ४ जारी भएका छन । कार्यालये गत आर्थिक बर्ष लक्ष्य ९९ दशमलव १० प्रतिशत अर्थात २ अर्ब ९२ करोड ४६ लाख राजस्व संकलन गरेको थियो ।

सुचना अधिकारी न्यौपानेले आयकर लक्ष्य भन्दा बढी संकलन भए पनि अन्त शूल्क भने लक्ष्य अनुसार उठन नसकेको बताए । कार्यालय प्रमुख कृष्ण प्रसाद न्यौपानेले बिगतको तुलनामा अहिले उपहार कार्यक्रमले बील लिनेको संख्या बढेको बताए । कार्यालयले पालिका र उद्योग ब्यापार संघसंग समन्वय गरी करदातालाई करदाता शिक्षासमेत प्रदान गर्दै आएको उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।