कला तथा मनोरञ्जन

बलिउड फिल्म ‘मैसा’को प्रदर्शन तत्काललाई स्थगित, नयाँ रिलिज मितिबारे रश्मिका अनभिज्ञ

दक्षिण भारतीय सिनेमाकी लोकप्रिय अभिनेत्री रश्मिका मन्दाना यतिबेला आफ्नो आगामी फिल्म ‘मैसा’ लाई लिएर चर्चामा छिन्। दर्शकहरू यस फिल्मको प्रतीक्षामा थिए भने रश्मिकाले पनि फिल्मको प्रचारप्रसार सुरु गरिसकेकी थिइन्।

फिल्म आगामी नोभेम्बर २७ मा सिनेमा हलमा रिलिज हुने तयारीमा थियो। तर रिलिज हुनुभन्दा पाँच दिनअघि नै निर्माताहरूले फिल्मको रिलिज मिति स्थगित गर्ने घोषणा गरेका छन्। रोचक कुरा के छ भने रश्मिका मन्दानालाई समेत फिल्मको नयाँ रिलिज मितिबारे जानकारी छैन।

फिल्मका निर्माता तथा निर्देशक रविन्द्र पुल्लेले आइतबार इन्स्टाग्राममा संयुक्त वक्तव्य जारी गर्दै फिल्मको रिलिज स्थगित भएको जानकारी दिएका हुन्।

विज्ञापन

वक्तव्यमा निर्माताहरूले तेलुगु सिनेमा अहिले निकै रोमाञ्चक चरणबाट गुज्रिरहेको बताएका छन्। उत्कृष्ट प्रविधि र कलात्मक प्रस्तुतिमार्फत फिल्महरूले निरन्तर नयाँ मापदण्ड स्थापित गरिरहेको उनीहरूको भनाइ छ।

निर्माताका अनुसार ‘मैसा’ लाई पनि विशेष तथा प्राविधिक रूपमा उत्कृष्ट एक्सन फिल्मका रूपमा तयार पारिएको छ। दर्शकलाई ठूलो पर्दामा फरक र विशेष अनुभव दिने उद्देश्यले फिल्म निर्माण गरिएको हो।

फिल्म निर्माणको यही उद्देश्य र गुणस्तरमा कुनै सम्झौता नहोस् भन्ने हेतुले नोभेम्बर २७ को रिलिज मिति पछि सार्ने सामूहिक निर्णय गरिएको निर्माताहरूले बताएका छन्।

यद्यपि, फिल्मको नयाँ रिलिज मिति भने सार्वजनिक गरिएको छैन। निर्माताहरूले चाँडै नै नयाँ मिति घोषणा गर्ने र दर्शकले धेरै समय कुर्नु नपर्ने बताएका छन्।

निर्माताहरूले फिल्मको रिलिज स्थगित भएको घोषणा गरेपछि रश्मिका मन्दानाले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा उक्त वक्तव्य साझा गरेकी छन्।

उनले रमाइलो शैलीमा आफूलाई समेत फिल्मको नयाँ रिलिज मिति थाहा नभएको बताएकी छन्।

रश्मिकाले लेखेकी छन्, ‘लाग्छ, फिल्मको रिलिज मिति पछाडि सारिँदै छ। कहिले रिलिज हुन्छ भन्ने मलाई थाहा छैन। तर, मलाई थाहा हुनेबित्तिकै तपाईंहरूलाई पनि अवश्य जानकारी दिनेछु।’

फिल्ममा रश्मिका मन्दानासँगै ईश्वरी राव, राहुल रविन्द्रन, समुद्रखनी, राव रमेश, शिवा कन्दुकुरी, कार्तिक रञ्जिनी, तारक पोन्नप्पा र निधि सिंहलगायत कलाकारहरूको अभिनय रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।