राजनीति

एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ। भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक आज (मंसिर १ गते) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ।

बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ। त्यसैगरी, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा चयन गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा तय गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।