राजनीति

विश्व प्रहरी सम्मेलनमा गृहमन्त्री गुरुङले गरे यूएईका समकक्षीसँग भेट

गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा गृहमन्त्री लेफ्टिनेन्ट जनरल शेख सैफ बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका छन्।

दुबईमा आयोजित पाँचौँ विश्व प्रहरी सम्मेलनमा सहभागी हुन पुगेका गृहमन्त्री गुरुङले सम्मेलनका क्रममा यूएईका गृहमन्त्रीसँग सोमबार भेट गरेका हुन्। उक्त भेटमा सम्मेलनमा सहभागी अन्य देशका मन्त्रीहरू पनि उपस्थित थिए।

भेटअघि गृहमन्त्री गुरुङसहित विभिन्न देशका सहभागी मन्त्रीलाई दुबईका युवराज तथा यूएईका उपप्रधानमन्त्री एवं रक्षामन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुमले स्वागत गरेका थिए।

विज्ञापन

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार गृहमन्त्री गुरुङले सम्मेलनस्थलमा राखिएको प्रदर्शनीको समेत अवलोकन गरेका थिए। प्रदर्शनीमा प्रहरी तथा कानुन कार्यान्वयनका क्षेत्रमा विकास भएका नवीनतम प्रविधि, उपकरण र आविष्कार प्रस्तुत गरिएको थियो। उनले विभिन्न प्रदर्शकका प्रतिनिधिसँग भेट गरी नयाँ प्रविधि तथा विकासबारे जानकारी लिएका थिए।

दुबई प्रहरीको आयोजनामा पाँचौँ विश्व प्रहरी सम्मेलन सोमबारदेखि बुधबारसम्म दुबई वर्ल्ड ट्रेड सेन्टरमा सञ्चालन भइरहेको छ। यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री एवं दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमको संरक्षणमा आयोजित सम्मेलनको नारा ‘प्रभावका लागि एकजुट : भावी पुस्ताको सुरक्षाका लागि विश्व प्रहरीबीच सहकार्य’ रहेको छ।

सम्मेलनमा ९० देशका २२० जना सुरक्षा क्षेत्रका नेता, विज्ञ तथा विशेषज्ञ सहभागी छन्। अन्तर्राष्ट्रिय प्रहरी सहकार्य बलियो बनाउने, अनुभव तथा विशेषज्ञता आदानप्रदान गर्ने र नयाँ सुरक्षा चुनौतीको सामना गर्ने उद्देश्य सम्मेलनले राखेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।