ब्रेकिङ न्युज
विज्ञापन
अपराध

२४ घण्टामा लागूऔषध सहित १८ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १८ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-९ जगडोल पानी ट्याङ्कीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५९ ट्याब्लेट सहित बुढानिलकण्ठ नगरपालिका-११ कपन खरीबोट बस्ने खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१३ घर भएका १९ वर्षीय डवाङ सोनाम शेर्पालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

विज्ञापन

मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय योगेन मगरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी मोरङ, मिक्लाजुङ गाउँपालिका-७ बेलगौडे बस्ने ३१ वर्षीय धिरेन मगरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले धिरेनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।

सुनसरी, इटहरी उपमहानगरपालिका-४ भेटघाट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय अनिस श्रेष्ठलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले को.१५ प ६३८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१८ तिनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २८ वर्षीय अनिश शाक्य समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, झापा गाउँपालिका-५ होक्लाबारी पैनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम १५ मिलिग्राम सहित भारत किशनगंज दिघलबैंक मोहमारी बस्ने २८ वर्षीय फिरोद आलमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, झापा गाउँपालिका-५ खाताबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६७ मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-‍९ बस्ने ३८ वर्षीय सन्तोष चौधरी, ३० वर्षीय बिकास चौधरी र झापा गाउँपालिका-५ बस्ने २७ वर्षीय संजय दनुवार रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बर्दिया, बढैयाताल गाउँपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका-७ घर भएका ३६ वर्षीय अर्जुन महत र तातोपानी गाउँपालिका-८ घर भएका २७ वर्षीय नकुल शाही रहेका छन्। प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा रानागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुरेश रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २६ वर्षीय बिशाल बिष्ट, सोही नगरपालिका-२ बस्ने ३४ वर्षीय राम बहादुर शाही र सोही नगरपालिका-५ बस्ने २१ वर्षीय बिज्ञान भण्डारी रहेका छन्।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०११ प ६७१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट नियन्त्रित लागूऔषध स्पास्पेन १० ट्याब्लेट र ट्रामाडोल ४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय रवि खड्का समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।