बजार

११.०५ अंकले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.०५ अंकले घटेर दुई हजार ६२५.०५मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०६ अंकले घटेर ४७६.१५ मा पुगेको छ।

विज्ञापन

त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५६ अंकले घटेर १८२.२० मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३४ अंकले घटेर १६१.४२ मा पुगेको छ।

आज विभिन्न कम्पनीका एक करोड एक लाख ६२ हजार ६०५ कित्ता सेयर रु चार अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ मूल्यमा खरिद बिक्री भएको छ।

१३ उपसमूहमध्ये ११ उपसमूह घट्यो भने दुई उपसमूह बढेको छ। ६९ कम्पनीको सेयर बढ्यो भने २०० कम्पनीको सेयर घटेको छ। त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो।

नेप्सेका अनुसार आज सानिमा लार्ज क्याप फण्ड, कुमारी सवल योजना र लिवर्टी इनर्जी कम्पनीलगायतका लगानीकर्ताले आम्दानी गरेका छन्।

त्यसैगरी एभरेष्ट कलर, सयपत्री हाइड्रोपावर र सेन्ट्रल फाइनान्सलगायतका लगानीकर्ताले गुमाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

बजार बाट थप

थप — बजार

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।