विज्ञापन
राजनीति

स्थानीय तह निर्वाचनका लागि रास्वपाद्वारा उपसमिति गठन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिँदै उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ को बैठकले विभिन्न निर्णयहरू गरेको छ।

बैठकले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ७ वटा उपसमितिहरू गठन गरेको छ। समिति संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले क्यान्डिडेट क्लबका लागि कविन्द्र बुर्लाकोटी, प्रविधिका लागि सुशान्त वैदिक र गुनासो समन्वयका लागि जनकसिंह धामीलाई संयोजक तोकेको छ। त्यस्तै, समावेशिता तथा महिला सहभागितामा डा. तोशिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारमा मिलन लिम्बूलाई जिम्मेवारी दिइएको छ।

पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदका लागि उम्मेदवारी आवेदनसमेत खुला गरेको छ। इच्छुक तथा योग्य व्यक्तिहरूले पार्टीको ‘क्यान्डिडेट क्लब’ मार्फत आफ्नो आवेदन पेस गर्न सक्नेछन्। रास्वपाले उम्मेदवार छनोटमा योग्यता, समावेशिता र पारदर्शितालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।