ब्रेकिङ न्युज
विज्ञापन
समाज

सोह्र लाखबराबरको अवैध पटाका बरामद

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले रु १६ लाखबराबरको अवैध पटाका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार बेदकोट नगरपालिका-७ स्थित गाउजीबाट रु १६ लाख ८७ हजार मूल्यबराबरको पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।

उनका अनुसार विशेष सूचनाका आधारमा लुकाइछिपाइ राखेको पटाका बरामद गरी थप अनुसन्धान भइरहेको छ। चाडपर्व नजिकिँदै गर्दा प्रहरी सीमानाकामा निगरानी बढाएको छ। प्रहरीले भारतसँग जोडिएको गड्डाचौकी नाका, महेन्द्रनगर बसपार्कलगायतका स्थानमा नागरिक सहायता कक्षसमेत स्थापना गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।