ब्रेकिङ न्युज
विज्ञापन
समाज

सुदूरपश्चिम सरकारले बुधबार बजेट ल्याउने : कृषि र पर्यटन प्राथमिकतामा, आकार नबढ्ने

लामो समयदेखि बजेटविहीनताको अवस्था झेलिरहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार प्रस्तुत गर्ने भएको छ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर रावलका अनुसार बजेट पेस गर्न बुधबार साँझ ५ बजे सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइएको छ। सरकारले यसअघि सार्वजनिक गरेको ४० बुँदे न्यूनतम साझा कार्यक्रमका आधारमा बजेट निर्माण गरिएको हो।

प्रवक्ता रावलले बजेटमा कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए। यसबाहेक रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा समेटिएको छ। नयाँ बजेटको आकार यसअघि असार १ गते प्रस्तुत गरिएको आकारभन्दा ठूलो नहुने उनले बताए।

विज्ञापन

आर्थिक वर्ष सुरु भएको साढे दुई महिना बितिसक्दा पनि बजेट नआउँदा प्रदेशमा योजना कार्यान्वयन ठप्प हुनुका साथै कर्मचारी र जनप्रतिनिधिले पारिश्रमिक पाउन सकेका छैनन्।

अस्पतालहरूमा अत्यावश्यक औषधि खरिद प्रक्रिया रोकिएर अभाव सिर्जना भएको छ। सरकारले खर्च गर्न नपाए पनि ‘सामयिक राजस्व संकलन सम्बन्धी ऐन २०८१’ अनुसार राजस्व संकलन भने गरिरहेको छ।

यसअघि गत असार १ गते तत्कालीन आर्थिक मामिला मन्त्री बिक्रम सिंह धामीले ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

तर सत्तारूढ नेकपा एमालेकै ६ सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गरेपछि विवाद उत्कर्षमा पुगेर कांग्रेस-एमाले सत्ता गठबन्धन भत्किएको थियो। त्यसपछि साउन २९ गते नेकपा र एमाले गठबन्धनको नयाँ सरकार गठन भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।