सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरन्जन विष्ट नियुक्त भएका छन्।
मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा आज प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता उपसचिव शेखरकुमार रोकायाले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री भट्टको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम विष्टलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको उल्लेख छ।
विज्ञापन

दार्चुलाको शैल्यशिखर नगरपालिका-९ निवासी विष्ट लामो समयदेखि अधिवक्ताका रूपमा वकालत गर्दै आएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।