कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले यातायात कार्यालयमा स्वास्थ्य परिक्षण सम्बन्धी पुरानो व्यवस्था संघीय सरकारले व्यूँताएको स्पष्ट पारेका छन् । शुक्रबार प्रदेशसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री शेर्पाले यस्तो बताएका हुन् ।
नेपाल सरकार यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका सबै डाक्टरहरूबाट स्वास्थ्य परिक्षण गर्न पाउने व्यवस्था लागू गरेको र देशभरका सबै प्रदेशमा एकरुपता हुने उल्लेख गरेका कारण कोशी प्रदेस सरकारले पनि डाक्टरहरूलाई सूचिकृत हुन सूचना जारी गरेको शेर्पाले स्पष्ट पारे । शेर्पाले भने‘ पुरानो व्यवस्था प्रदेस सरकारले नभई संघीय सरकारले लागू गर्न परिपत्र गरेका कारण कोशी प्रदेशमा पनि संघीय सरकारको परिपत्र अनुसारको नियम लागू गरिएको हो ।’
बिहीबारको प्रदेशसभामा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेस सरकारले यातायात कार्यालयमा लुततन्त्र व्यूँताउन खोजेको आरोप लगाएका थिए । भण्डारीले यातायात कार्यालयहरूमा विगतमा डाक्टरहरूले सेवाग्राहीलाई आँखा जाँचका नाममा फेल पारेर विचौलिया मार्फत पैसा असुल्दै पास गर्ने प्रबृत्ती पुनः भित्राउन खोजेको आरोप लगाएका थिए । यातायात कार्यालयमा स्वास्थ्य जाँचका नाममा भइरहेको लुटतन्त्र अन्त्य गर्न सरकारी डाक्टरबाटै आँखा जाँचको व्यवस्था गरिएको दाबी गर्दै सरकारले अहिले पुनः पुरानै व्यवस्था लागू गर्न खोजेको प्रति आपत्तीसमेत जनाएका थिए । सरकारले पुरानै लुटतन्त्र व्यूताउन खोजेको आरोप लगाएको विषयमा मन्त्री शेर्पाले शुक्रबारको प्रदेशसभामा स्पष्टीकरण दिएका हुन् ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।