विज्ञापन
कला तथा मनोरञ्जन

‘सिन्दुरे जात्रा’ मा भावुक विजय र अञ्जना

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्र ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा सिनेमाका मुख्य दुई पात्र प्रस्तुत छन्।

विजय बराल र अञ्जना बराइली रहेको पोस्टरमा दुवै भावुक मुद्रामा देखिएका छन्, जहाँ विजयको छातीमा टाँसिएकी अञ्जना रोइरहेकी छन्। विजयका आँखामा पनि आँसु छ।

गाउँले परिवेशको जनजीवनमा रहेका पात्र कुनै मेला वा महोत्सवमा गएको पोस्टरबाट अनुमान लगाउन सकिन्छ। धोएर सफा पारिएका लुगा लगाएर चिटिक्क परेको जोडी छ। बुलाकी, नौगेडी र माडवारी लगाएकी अञ्जनाको पहिरनले उनी मध्यमवर्गीय परिवारकी छोरी र बुहारी रहेको देखाउँछ।

विज्ञापन

पृष्ठभूमिमा देखिएको मन्दिर र त्यसमा लागेको भीडले जात्रामा सहभागी हुने गएको जोडी कुनै समस्यामा फसेको जस्तो देखिन्छ। बिग्रिएको अञ्जनाको कपालले उनीमाथि जबरजस्तको प्रयास भएको अनुमान लगाउन सकिन्छ।

सरोज पौडेल निर्देशित यो चलचित्र विजय र अन्जनाको दोस्रो सहकार्य हो। यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ।

‘सिन्दुरे जात्रा’ अगामी मंसिर १८ गतेदेखि प्रदर्शनको तयारीमा छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।