विज्ञापन
समाज

सरकारी खरिद प्रणालीमा विवरण हेरफेर गर्ने पक्राउ

नेपाल प्रहरीले सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गर्ने तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्युरोले सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को इ-सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै प्रस्तावसँग सम्बन्धित कागजात (डकुमेन्ट) परिवर्तन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जानकारी दिए। पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन।

विज्ञापन

ब्युरोमा प्राप्त निवेदनका आधारमा गरिएको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट संलग्नता खुलेपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता अवस्थीले बताए।

पक्राउ परेका व्यक्तिमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता अवस्थीले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।