विज्ञापन
राजनीति

सञ्चारकर्मीमाथिको धरपकड फासिवादी चरित्र हो: एमाले

काठमाडौं। नेकपा (एमाले) ले सञ्चारकर्मीमाथि भइरहेको धरपकड सरकारको फासिवादी चरित्र भएको आरोप लगाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै एमाले नेता निरज आचार्यले सरकारले सञ्चारगृहमा छापा मार्ने र सञ्चारकर्मीलाई पक्राउ गर्ने कार्य निन्दनीय र अलोकतान्त्रिक भएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने जुन कार्य गरिरहेको छ, त्यो अत्यन्तै निन्दनीय, अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक हो।’ एमालेले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै यस्तो हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथिको प्रहार भएको जनाएको छ।

राज्यका निकायहरू कानुनी शासनको मर्यादामा रहनुपर्नेमा सरकार आफैँले लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय भएको एमालेको भनाइ छ। सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरङ्कुशता स्वीकार्य हुन नसक्ने पार्टीले स्पष्ट पारेको छ।

विज्ञापन

एमालेले सञ्चारमाध्यममाथि भइरहेको गैरकानुनी हस्तक्षेप तत्काल बन्द गर्न र सञ्चारकर्मीको संवैधानिक अधिकारको प्रत्याभूति गर्न माग गरेको छ। साथै, सरकारको यस्तो कदमको निन्दा गर्दै गिरफ्तार गरिएका सञ्चारकर्मीलाई बिनासर्त रिहा गर्न माग गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।