समाज

वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

पर्साको वीरगञ्ज कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले फरार भएको करिब पाँच घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका–४, सतवरिया निवासी ३० वर्षीय सुनिल साह तुरहा कारागारबाट फरार भएका थिए।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ८:२० बजे कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट उनी भागेका थिए।

विज्ञापन

कैदी फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा उनलाई भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको आदापुर थाना क्षेत्रस्थित नेपाल–भारत सीमा नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले प्रेस विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।