समाज

लोहोरो प्रहारबाट श्रीमतीको मृ'त्यु, श्रीमान् पक्राउ

सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। सामान्य घरायसी विवादका क्रममा श्रीमानले लोहोरोले टाउकोमा प्रहार गर्दा ४० वर्षीया सानुकुमारी कार्कीको मृत्यु भएको हो।

प्रहरीका अनुसार सोमबार राति करिब १ बजेको समयमा ४२ वर्षीय मनोज कार्कीले आफ्नै श्रीमती सानुकुमारीलाई ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गरेका थिए। प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे राति नै प्रहरीलाई जानकारी भएको र जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मनोज कार्कीलाई नियन्त्रणमा लिएको छ।

विज्ञापन

घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सामान्य विवादका क्रममा भएको उक्त घटनाले स्थानीय क्षेत्रमा शोक र त्रास फैलिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।