ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

लोकतन्त्र र संविधानमाथि खतरा देखेर राजनीतिमा फर्किएँ : विद्यादेवी भण्डारी

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानमाथि खतरा देखिएकाले आफू पुनः पार्टी राजनीतिमा फर्किएको बताएकी छन्।

शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले लोकतन्त्र र गणतन्त्रको रक्षा तथा सुदृढीकरणका लागि राजनीतिक दलहरू सक्रिय हुनुपर्ने बताएकी हुन्।

एमाले सचिव पद्मा अर्यालका अनुसार भण्डारीले ११ वर्षपछि पार्टी जीवनमा फर्किएको उल्लेख गर्दै लोकतन्त्र स्थापना गर्ने राजनीतिक दलहरूले नै यसको रक्षा गर्नुपर्ने धारणा राखेकी थिइन्।

विज्ञापन

‘आज मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा देखिइरहेको छ। अब यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो । जसले लोकतन्त्र स्थापना गरे, तिनै दलहरूले नै यसको रक्षा गर्ने हो,’ भण्डारीको भनाइ उद्धृत गर्दै अर्यालले बताइन्।

भण्डारीले आफू पनि लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएको र त्यसप्रति अगाध माया तथा विश्वास रहेको बताएकी थिइन्। पार्टीमा आबद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई अझै सुदृढ बनाउन सहयोग गर्न सक्ने उद्देश्यले राजनीतिमा फर्किएको उनको भनाइ थियो।

‘म पनि हिजो आन्दोलनमा सरिक भएँ। त्यसप्रति अगाध माया, विश्वास छ । पार्टीमा आबद्ध भएर लोकतन्त्र, गणतन्त्रलाई अझै सुदृढ बनाउन मद्दत पुर्‍याउन सक्छु भन्ने मनसायका साथ म पार्टीको जीवनमा फर्किएँ,’ भण्डारीको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।