ब्रेकिङ न्युज
विज्ञापन
समाज

लागूऔषध सहित २४ घण्टामा ७ जिल्लबाट १४ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट १४ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय १६ ग्राम ५ सय मिलिग्राम सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका-१ घर भएका ३३ वर्षीय सुरेश उप्रेती, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-३ घर भएका २६ वर्षीय अमित बस्नेत, सिराहा गोलबजार नगरपालिका-१० घर भएका २५ वर्षीय अजय कुमार महत्तो र ३२ वर्षीय सत्रुधन मुखिया रहेका छन्।

विज्ञापन

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सुरेश र अमितलाई अवैध लागूऔषध खैरो हेरोइन ९५ ग्राम ५ सय मिलिग्राम सहित आइतबार तथा अजय र सत्रुधनलाई अवैध लागूऔषध खैरो हेरोइन २१ ग्राम सहित सोमबार पक्राउ गरेको हो।

यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरिया बाहिरबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ६ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत उत्तराखण्ड काशीपुर घर भएका २८ वर्षीय र उत्तर प्रदेश लखनउ घर भएका २९ वर्षीय पुरुष छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले मलेशियन बाटिक एयरद्वारा काठमाडौं आएका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा केराबारी नगरपालिका-९ बस्ने २५ वर्षीय नविन राई र सोही नगरपालिका-१ बस्ने ३३ वर्षीय मणिराज गुरूङ रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नविनलाई १ ग्राम १ सय ९० मिलिग्राम र मणिराजलाई ३ ग्राम ३ सय ९० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, मेचीनगर नगरपालिका-१० धुलाबारी पाथीभरा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने मोरङ बेलबारी नगरपालिका-८ घर भएका २६ वर्षीय आभिषेक चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

ताप्लेजुङ, फुङलिङ नगरपालिका-५ हुलाक लाईन बस्ने ४१ वर्षीय रोहित श्रेष्ठलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले रोहितको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।

सुनसरी, धरान उपमहानगरपालिका-१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट र डिकोलिक ८ सय ट्याब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ काठेपुल बस्ने २७ वर्षीय अर्जुन श्रेष्ठ, सोही उपमहानगरपालिका-७ शान्ती पथ बस्ने ३६ वर्षीय दिपक मगर र सोही उपमहानगरपालिका-१५ बस्ने ३४ वर्षीय बाबुराम बयलकोटी रहेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

उदयपुर, बेलका नगरपालिका-४ बिज्ञानटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय सबिन राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले गुरूङचौरीबाट बिज्ञानटोलतर्फ जाँदै गरेको को ३४ प ७९७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।