अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३ किलो ९ सय २० ग्राम सहित भारत घर भएका २६ वर्षीय संजिव कुमारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले एयर इन्डियाको उडानद्वारा भारतको दिल्लीबाट नेपाल आएका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

सिराहा, मिर्चैया नगरपालिका-३ बलुवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-११ बस्ने २० वर्षीय नितेश कुमार साह समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले म.प्र.०-२-०१० प ३९८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ।
ललितपुर, ललितपुर महानगरपालिका-२४ भैंसीबजार धापाखेलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने हुम्ला घर भएका २७ वर्षीय सुमे फडेरालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
बर्दिया, बढैयाताल गाउँपालिका-५ बढैयागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २२ वर्षीय भुपेन्द्र कुमार थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-५ बढैयागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय प्रबिन कुमार थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कञ्चनपुर, भिमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ६ सय मिलिग्राम सहित कैलाली गोदावारी नगरपालिका-१० बस्ने २० वर्षीय जीवन लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन २ सय मिलिग्राम सहित दोधारा चाँदनी नगरपालिका-६ बस्ने २० वर्षीय कुशल सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय राजेन्द्र कुँवरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ वैरिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुमन कुमार यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी बहेडाबेलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनले प्रयोग गरेको बिआर ३२ ए एल ८०१७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
दाङ, तुलसीपुर उपमहानगपालिका-१८ संग्राम खोला पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४० ट्याब्लेट सहित घोराही उपमहानगरपालिका-१२ हापुर बस्ने सल्यान सारदा नगरपालिका-५ रानिकोट घर भएका २० वर्षीय पुर्ण परियार समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बेलझुण्डीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
भोजपुर, भोजपुर नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-९ काफ्ले बस्ने २६ वर्षीय बिनय तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी बिट पानीट्याङकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ प्रभातकालिन टोल बस्ने २८ वर्षीय बिनय अधिकारी समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले बिनयको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले हाल फरार १ जनाको खोजी गरिरहेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।