खेलकुद

दशौं राष्ट्रिय खेलकुद : गण्डकीलाई हराउँदै बागमती सेमिफाइनलमा

सुर्खेतको बीरेन्द्रनगरमा जारी दशौं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बागमतीले गण्डकी प्रदेशलाई पराजित गरेको छ। योसँगै बागमती सेमिफाइनल प्रवेश गरेको छ।

बागमतीले यसअघि सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा सबै विकेट गुमाएर ११० रन बनायो। गण्डकीका लागि ओपनर आयुष्मा चापागाइँले सर्वाधिक २१ रन बनाइन्। चन्द्रमाया बराल र सृजना पौडेलले समान १७–१७ रन बनाइन्।

विज्ञापन

यस्तै, सलिना सेनले नौ, सेरिना थापा आठ, कप्तान कुशुम गोदारले सात, सिमाना केसीले पाँच, रञ्जना साउँदले दुई तथा यशोदा भुजेल र रेखा तामाङले एक–एक रन बनाइन्।

१११ रनको लक्ष्य बागमतीले १७.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो। बागमतीका लागि विपिशा शाहीले नटआउट ५० रनको यागदान दिइन्। ४६ बल खेलेकी उनले छ चौका प्रहार गरिन्।

ओपनर हिलिशा गुरुङ २७ र कञ्चन श्रेष्ठले नौ रन बनाइन्। उनीहरु दुबै रनआउट भएका थिए। लक्ष्मीमाया रुम्बा लामाले नटआउट १३ रनको योगदान दिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।