समाज

पशुपतिनगर नाकाबाट ४ महिनामा १६ लाखको सामान बरामद

भारतसँगको सीमा नाका इलामको पशुपतिनगरबाट सशस्त्र प्रहरीले चार महिनामा १६ लाख बराबरको अवैधमा पैठारी भएको सामान बरामद गरेको छ।

भारतको दार्जिलिङसँग जोडिएको पशुपतिनगरस्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्मले गत साउन यता १६ लाख ५३ हजारको अवैध सामान बरामद गरेको हो।

गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक शैलेन्द्र थापाका अनुसार पशुपतिनगर नाकाबाट भन्सार छलि गरेर भित्र्याउन लागिएको स्याउ, फर्सिको बियाँ, जुत्ता चप्पल र मदिरा बरामद भएको छ।

विज्ञापन

अन्य नाकाबाट भन्सार छलि गरेर सामान तस्करी गर्ने समूह अहिले पशुपतिनगरमा सक्रिय देखिए पछि सशस्त्रले निगरानी र सुरक्षा जाँच बढाएको थापाले बताए।

चार महिनामा तीन हजार ५ सय ६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, ५ सय ७० किलो फर्सिको बियाँर केही चौपाय पनि नियन्त्रणमा लिएको छ।

सिक्कमको रम र स्याउ र गोरु पशुपतिबाट तस्करीको प्रयास हुने गरेको डिएसपी थापाले बताए।

‘सशस्त्र प्रहरीको उपस्थिति बढाएका छौं, पिलर अवस्था निगरानी गर्ने देखि अवैध तस्करी रोक्नेसम्म हाम्रो अप्रेसन केन्द्रित छ, केहीले भन्सार छलिको प्रयास गरे पनि नियन्त्रण गर्छौं। ’ उनले भने।

सूर्योदय नगरपालिका अन्तर्गत मानेभञ्ज्याङ, चालमाइल तथा नाकापानी सीमा इलाका र खोलागोदाम क्षेत्रबाट पनि अवैध सामान नियन्त्रणमा लिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।