मौसमविद् विनोद पोखरेलले आगामी एक हप्ता नेपालमा अधिकांश समय घमाइलो मौसम रहने अनुमान गरेका छन्।
उनले हिजो र अस्तिजस्तै एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि व्यापक वा लगातार वर्षाको संकेत छैन। यसले धान काट्ने तयारीमा रहेका किसानलाई पनि अनुकूल हुने उनले बताएका छन्।
पोखरेलले तिहारको मौसम राम्रो देखिएको उल्लेख गर्दै अब वायु प्रदूषण बढ्ने समय सुरु भएकाले मौसमसँगै वायु प्रदूषणको पूर्वानुमान पनि साझा गर्न थालेको बताएका छन्।

उनले आगामी पाँच दिनको प्रत्येक ६ घण्टाको पूर्वानुमान सार्वजनिक गर्दै उक्त नक्साले हावामा रहेका सूक्ष्म कणको सम्भावित मात्रा देखाउने स्पष्ट पारेका छन्। यो वायु गुणस्तर सूचकांक भने नभएको उनको भनाइ छ।
स्थान र समयअनुसार वास्तविक वायु प्रदूषण फरक पर्न सक्ने भन्दै उनले घमाइलो मौसम हुँदैमा हावा सफा हुन्छ भन्ने नहुने बताएका छन्। उनले सर्वसाधारणलाई आफ्नो क्षेत्रको वायु गुणस्तरसमेत निगरानी गर्न आग्रह गरेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।