ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

रास्वपा प्रवेश गरेका उपाध्यक्ष र वडाध्यक्ष पदमुक्त

नेकपा एमालेबाट निर्वाचित भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र वडा नम्बर ५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमान पदमुक्त भएका छन्।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरूको पद रिक्त भएको जानकारी दिएको हो।

एमालेबाट दोस्रो पटक निर्वाचित चौधरी र वडाध्यक्ष मुसलमान २०७९ सालको स्थानीय तह निर्वाचनमा विजयी भएका थिए। उनीहरू एमाले त्यागेर रास्वपामा प्रवेश गरेपछि एमालेको सिफारिसमा निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै पदमुक्त भएको जानकारी गराएको हो।

विज्ञापन

यसैगरी, निर्वाचन आयोगले भोजपुर नगरपालिकाका उपप्रमुख निर्मल शेर्पा र भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानलाई पनि पदमुक्त गरेको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा १ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार दल त्याग गरेको विषयमा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ।

सोही व्यवस्थाअनुसार सम्बन्धित दलको सिफारिसका आधारमा आयोगले उनीहरूको पद रिक्त भएको सूचना जारी गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।