राजनीति

राष्ट्रिय भेला उद्घाटनका लागि अध्यक्ष ओली कार्की बैंक्वेटमा, पुराना वामपन्थी नेता अधिकारी र पुष्पलालका भाइ पनि उपस्थित

नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा उद्घाटन हुँदै छ। भेलामा सहभागी प्रतिनिधिहरू यतिखेर भेलास्थल कार्की बेङ्क्वेट थापाथली हाइटमा जुट्दै छन्। देशभरबाट ३४ सय १४ प्रतिनिधिहरू सहभागी हुँदै छन्।

अध्यक्ष केपी शर्मा ओली उद्घाटनका लागि राष्ट्रिय भेला उद्घाटन समारोहस्थल आइपुगिसकेका छन्। भेलामा सहभागीहरूको हाजिरी र परिचयपत्र (कार्ड) वितरण धमाधम भइरहेको छ। भेलामा पुराना वामपन्थी नेताहरू मोहनचन्द्र अधिकारी, वाचश्पति देवकोटा, हरिचरण सिवाकोटी र बिजयलाल श्रेष्ठ सहभागी भएका छन्। बिजयलाल नेकपा संस्थापक महासचिव पुष्पलालको भाइ हुन्।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको पूर्वतयारीका लागि भेला आयोजना गरिएको हो। पार्टी जीवनमा स्थानीय कमिटी तहदेखि केन्द्रीय कमिटी, संसददेखि पालिकासम्मका जप्रतिनिधिसहितको यो पहिलो भेला हो। २०८२ भदौ २३-२४ को जेनजी उपद्रवपछि मुलुकमा उत्पन्न राष्ट्रिय राजनीतिक निकासका लागि भेलामा बहस हुने छ। भेलाले राजनीतिक कार्यदिशा, आउँदो स्थानीय तहको चुनावको पूर्व तयारी बारे प्रशिक्षणसहित पार्टीको राजनीतिक लाइनमा एकरुपताको सन्देशसहित ऊर्जा प्रदान गर्ने छ।

विज्ञापन

गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरूको कार्यन्यवनमा एकरुपता र पार्टीले गर्नुपर्ने १५ कामको जिम्मेवारी र कार्य सम्पादन सम्बन्धी भेलामा छलफल हुने छ।

भेलामा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू सहभागी हुने छन्।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसहित विशेषा सम्बोधन गर्ने छन्। त्यसैगरी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधन हुनेछ। वरिष्ठ नेता भण्डारी पार्टीमा औपचारिक पुनरागमन पछि पहिलो र विशेष सम्बोधन हुनेछ।

त्यसैगरी उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।