राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन्। उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका हुन्।
राष्ट्रपति पौडेलले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाए। तिहार पर्वको अवसरमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।