राजनीति

राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीतिमा केन्द्रित हुनुपर्छ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीलाई बलियो राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न पुस्तान्तरणसँगै रूपान्तरण अपरिहार्य रहेको बताएका छन्।

आज हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले राप्रपाको आगामी महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रियामा मात्र सीमित हुन नहुने बताए।

महाधिवेशन आगामी स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन, नेतृत्व, कार्यशैली र राजनीतिक कार्यदिशा परिवर्तन गर्ने अवसर बन्नुपर्ने उनको भनाइ थियो।

विज्ञापन

उनले भने, ‘राप्रपाको महाधिवेशन सिर्फ नेता छान्नका लागि मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीति निर्माण गर्न र पार्टी रूपान्तरणमा केन्द्रित हुनुपर्छ। पुस्तान्तरणसँगै रूपान्तरण गर्न सकेनौँ भने आगामी प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न सक्दैन।’

शाहीले चुनाव आउँदा कहिले एमालेको त कहिले कांग्रेसको राजनीतिक कोटा ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।

राप्रपा अरू राजनीतिक दलको सहारा र कोटामा निर्भर नभई आफ्नै विचार, संगठन र नेतृत्वको बलमा निर्वाचन जित्न सक्ने पार्टी बन्नुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘हामी अरूको राजनीतिक बैसाखी टेकेर होइन, आफ्नै शक्तिमा उभिएर चुनाव जित्ने पार्टी बनाउन चाहन्छौँ। त्यसका लागि पुस्तान्तरणसँगै रूपान्तरण आवश्यक छ। गुट र उपगुट होइन, एकता र संगठन निर्माण हाम्रो प्राथमिकता हुनुपर्छ।

शाहीका अनुसार अबको महाधिवेशन पार्टीभित्र पद र नेतृत्व बाँडफाँट गर्ने माध्यम मात्र नभई नयाँ पुस्ताको उदय, नयाँ सोच र नयाँ ऊर्जासहित राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने अवसर हुनुपर्छ।

उनले महाधिवेशनको सफलता नेतृत्व परिवर्तनमा मात्र नभई पार्टीको संगठनात्मक रूपान्तरण, आगामी निर्वाचनको तयारी र आफ्नै राजनीतिक शक्तिमा उभिएर चुनाव लड्ने सामर्थ्य विकास गर्नमा देखिनुपर्ने धारणा व्यक्त गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।