ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

मोटरसाइकलको ठक्करबाट ७८ वर्षीय पैदलयात्रीको मृ*त्यु

सिरहाको गोलबजारमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

गोलबजार नगरपालिका २ स्थित गुरुधाम चोकमा पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा गोलबजार नगरपालिका ३ का ७८ वर्षीय कमलबहादुर श्रेष्ठको मृत्यु भएको हो।

प्रहरीका अनुसार बुधबार बिहान करिब ६ बजे कसहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १६३६ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो।

विज्ञापन

मोटरसाइकलको ठक्करबाट घाइते भएका श्रेष्ठलाई लाइफ लङ्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो। सुनसरीको हरिनगरस्थित सरकारी अस्पतालमा उनलाई मृत घोषणा गरिएको हो। घटनापछि मोटरसाइकल र चालक विमल कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।