संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रमअन्तर्गत तीनदिने सीपमूलक तालिम ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा सम्पन्न भएको छ। जहाँ छाहारी कृषि एकल महिला फर्मसँग आबद्ध ३५ जना महिलाको सक्रिय सहभागिता रहेको थियो।
तालिमको समापन समारोहमा ललितपुर महानगरपालिका–२७ का वडा अध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। तालिममा सहभागीहरूलाई तरल मल, फिनेल तथा हापिर्क तयारीसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिमले महिलालाई सीप विकाससँगै आयआर्जन तथा साना उद्यमतर्फ अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो।
वर्ल्डलिंकको संस्थागत सामाजिक उत्तरदायित्व निर्देशक तथा प्रमोटर सेयरहोल्डर अनुप भण्डारीले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक आत्मनिर्भरतासँग जोड्नुपर्ने बताए। उनले भने, “महिलालाई सीप प्रदान गर्नु आत्मनिर्भर बन्ने अवसर सिर्जना गर्नु हो। सिकेको सीपलाई उत्पादन तथा आयआर्जनका अवसरसँग जोड्न सकेमा मात्र तालिमको वास्तविक प्रभाव देखिनेछ।”

उहाँले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै आयआर्जनका गतिविधिमा जोडिन सहभागीहरूलाई आग्रह गरे।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।