भारतको लद्दाखका सामाजिक अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्द गरिएको दाबी गरेका छन्।
उनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफ्नो घर वरिपरि दर्जनौँ हतियारधारी सुरक्षाकर्मी तैनाथ गरिएको बताउँदै यस्तो दाबी गरेका हुन्। सरकारले आफूलाई घरमै बस्न सल्लाह दिएको पनि वाङ्चुकले बताएका छन्।
वाङ्चुकका अनुसार उनले गत वर्ष लेहमा भएको मृत्युका घटनाबारे गठित न्यायिक जाँच आयोगको प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइ र कडा जाडोका बीच हतारमा काउन्सिल निर्वाचन गराउन खोजिएको विषयमा प्रश्न उठाएका थिए।

उनले पूरै लद्दाखमा विरोध प्रदर्शन भइरहेको दाबीसमेत गरेका छन्।
त्यसैगरी, विश्वकै ठूलो लोकतन्त्र भनिने भारतमा आफ्ना एक्स, इन्स्टाग्राम र युट्युब खाताको पहुँच व्यापक रूपमा सीमित गरिएको आरोप पनि वाङ्चुकले लगाएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।