ब्रेकिङ न्युज
विज्ञापन
समाज

मन्जुरीबिना तस्बिर र भिडियो प्रकाशन गरेको आरोपमा एक जना पक्राउ

बाँकेको कोहलपुरमा वैयक्तिक गोपनीयता भंग हुने गरी तस्बिर तथा भिडियो प्रकाशन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मन्जुरीबिना व्यक्तिको तस्बिर तथा भिडियो खिचेर सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रचारप्रसार गरेको आरोप प्रहरीले कोहलपुर नगरपालिका–११ बस्ने ३६ वर्षीय हिमान्शु शाहीलाई पक्राउ गरेको हो।

सार्वजनिक नैतिकता र शिष्टाचार विपरीतका सामग्री विद्युतीय माध्यमबाट प्रकाशन गरेको तथा व्यक्तिको चरित्र र सामाजिक प्रतिष्ठामा असर पुग्ने गरी सामग्री सार्वजनिक गरेको आरोपमा शाहीलाई मंगलबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विज्ञापन

शाहीलाई बाँके जिल्ला अदालतबाट विद्युतीय अपराध तथा वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि आइतबार प्रहरीले कोहलपुरस्थित थापा पोलिक्लिनिकका सञ्चालक ६३ वर्षीय गणेशबहादुर थापालाई पनि बिरामीसँग अनुचित व्यवहार गरेको आरोपमा पक्राउ गरेको थियो।

थापामाथि पनि सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।