ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

भारतमा राहुल गान्धीसहित विपक्षी नेताहरू हिरासतमा

भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता सूची संशोधनविरुद्ध प्रदर्शनमा उत्रिएका विपक्षी नेता राहुल गान्धीसहित केही सांसदलाई प्रहरीले मङ्गलबार केही समय हिरासतमा लिएर रिहा गरेको छ।

विपक्षी दलहरूले संसद्बाट निर्वाचन आयोगको कार्यालयतर्फ पदयात्रा सुरु गरेपछि प्रहरीले ब्यारिकेड लगाएर रोकेको थियो। एएफपीका पत्रकारका अनुसार काङ्ग्रेस नेता गान्धी ब्यारिकेडनजिक भारतीय झण्डा फहराउँदै उभिएको थियो। त्यसपछि उनीसहित अन्य सांसदलाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको थियो।

निर्वाचन आयोगका प्रमुख कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। विपक्षी नेताहरूले आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको प्रभावमा काम गरेको आरोप लगाएका छन्। आयोगले भने मतदाता सूचीको शुद्धता र अखण्डता सुनिश्चित गर्न संशोधन गरिएको भन्दै आरोप अस्वीकार गरेको छ। कुमारले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्।

विज्ञापन

विपक्षी नेताहरूले मतदाता सूची संशोधनमा थप पारदर्शिता आवश्यक रहेको बताउँदै परिवर्तनका कारण योग्य मतदाता मतदानको अधिकारबाट वञ्चित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। ‘द इन्डियन एक्सप्रेस’ को सेप्टेम्बरको एक रिपोर्टमा निर्वाचन आयोगका तीन सदस्यमध्ये दुई जनाले संशोधनसम्बन्धी प्रमुख निर्णयमा कम्तीमा १४ पटक औपचारिक आपत्ति जनाएको उल्लेख थियो।

सन् २०२५ मा संशोधन प्रक्रिया सुरु भएयता एक करोड ३० लाख नागरिकको नाम मतदाता सूचीबाट हटाइएको समाचार रिपोर्टले दाबी गरेको छ। विपक्षी दलहरूले यही विषयलाई आधार बनाउँदै निर्वाचन प्रक्रियामा पारदर्शिता र मतदाताको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।