ब्रेकिङ न्युज
विज्ञापन
समाज

भाटभटेनीमा टाटा पन्च ईभी चाडपर्व अफर, ग्राहकलाई आकर्षक उपहार

नेपालीहरूको सबैभन्दा ठूलो चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। दसैँ, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई थप विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेका छन्।

यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा सामान मात्रै घर लैजाने होइन, नेपालमा सर्वाधिक रुचाइएको इलेक्ट्रिक एसयूभी, नयाँ टाटा पन्च ईभी जित्ने अवसर पनि प्राप्त गर्न सकिनेछ।

योजनाअन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा रु. २,५०० वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्। खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ। योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी उपहार प्रदान गरिनेछ।

विज्ञापन

यसैगरी, भाटभटेनीबाट सामान किनेर नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एक जना भाग्यशाली ग्राहकले अर्को नयाँ टाटा पन्च ईभी कार जित्न सक्ने भाटभटेनीले जनाएको छ। चाडपर्वको अवसरमा भाटभटेनीमा सपिङ गर्दा ग्राहकहरूले दुईवटा नयाँ टाटा पन्च ईभी जित्न सक्नेछन्।

नयाँ टाटा पन्च ईभी चाडपर्वको उपहार मात्रै होइन, नयाँ पुस्ताको इलेक्ट्रिक एसयूभी

यस योजनाको सबैभन्दा ठूलो आकर्षण बनेको नयाँ टाटा पन्च ईभी बदलिँदो नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको आधुनिक इलेक्ट्रिक एसयूभी हो। नयाँ पन्च ईभीमा विद्युतीय ड्राइभिङको सहजतासँगै प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ।

अत्याधुनिक ‘एक्टिभ.ईभी’ प्लेटफर्ममा आधारित नयाँ पन्च ईभीमा ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। नेपालमा गरिएको परीक्षणअनुसार एकपटकको फुल चार्जमा यसले ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ।

यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी डीसी फास्ट चार्जिङ, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा समावेश छन्।

टाटा मोटर्स नेपालमा रहेका २० वटा शोरुमसँगै अब नेपालभरका २८ वटा भाटभटेनीमा पनि टाटा कारबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ। चाडपर्वको समयमा भाटभटेनीमा सपिङ गर्ने टाटा कारका ग्राहकहरूले थप थुप्रै सरप्राइज पाउने कम्पनीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।