ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

बुधबारदेखि भक्तपुरको सल्लाघारीमा दसैँ रमाइलो महोत्सव

भक्तपुरको सल्लाघारीमा पर्सिदेखि (असोज २१ गते बुधबार) दसैँ रमाइलो महोत्सव २०८३ हुने भएको छ। आयोजक औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले सोमबार पत्रकार सम्मेलनको आयोजनामा गरी मेला हुने जानकारी गराएको हो। नेपालीहरूको महान् पर्व बडादसैँको अवसर पारेर हुने ‘दसैँ रमाइलो महोत्सव–२०८३’ असोज ३० गतेसम्म भक्तपुर नगरपालिका–१ स्थित सल्लाघारी खुला चौरमा हुने जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा मेला संयोजक संगम लामाले मेलामा दैनिक जीवनमा प्रयोग हुने सामग्री, खाद्यान्न, अटोमोबाइल, जुत्ता–चप्पल, कृषि तथा हस्तकलाका सामग्रीलगायतका वस्तु प्रदर्शनी तथा बिक्रीमा राखिने जानकारी गराए। त्यस्तै मेलामा मनोरञ्जनका लागि बालउद्यान, रोटेपिङ, झुला, नाउ, मिनी बन्जी जम्प, वाटर बल, मिकी माउस, ट्राम्पोलिनलगायतका खेल तथा मनोरञ्जनका सामग्री राखिने उनले जनाए।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्ग्य तथा गीत–गायनसहित हरेक दिन खुला नृत्य प्रतियोगिता समेत आयोजना गरिनेछ। मेलामा ५० भन्दा बढी स्टल रहनेछन्। स्थानीय व्यापारीका लागि स्टलको आकारअनुसार न्यून शुल्कमा स्टल उपलब्ध गराइने जनाइएको छ।

विज्ञापन

मेलामा विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार मेलाले भक्तपुरको स्थानीय उत्पादन, व्यापार, कला–संस्कृति तथा पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। भक्तपुर ऐतिहासिक तथा सांस्कृतिक स्थल भएकाले सल्लाघारीमा आयोजना हुने मेलाले स्थानीय व्यवसायी तथा उपभोक्तालाई समेत प्रत्यक्ष लाभ पुग्ने आयोजकको भनाइ छ।

महोत्सवलाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी पूरा भइसकेको र अहिले स्टल निर्माणलगायतका काम भइरहेको आयोजक समितिका संयोजक लामाले जानकारी दिए। उनले मेला अवलोकन गर्न भक्तपुरवासी तथा सर्वसाधारणलाई आग्रह गरे।

मेलामा के.डी. श्री डान्स कल्चर एकेडेमी प्रा.लि. को विशेष प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।