ब्रेकिङ न्युज
विज्ञापन
समाज

बिलबिजक नभएको ७ हजार १५२ पिस रेडिमेड सर्ट बरामद

कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुर कोलनी चोकबाट बिलबिजक नभएको ७ हजार १५२ पिस रेडिमेड सर्ट बरामद गरिएको छ।

सोमबार बिहान साढे १० बजेतिर पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा काठमाडौंवाट दाङतर्फ जाँदै गरेको बा.प्र.०१–००७ ख ६४३० नम्बरको कन्टेनरबाट प्रहरीले उक्त सर्ट बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको ७ जनाको प्रहरी टोलीले अनुमानित मूल्य ५२ लाख ५३ हजार १४४ रुपैयाँ बराबरको सर्ट बरामद गरेको जनाएको छ। यस्तै, कन्टेनरको अनुमानित मूल्य ३० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

विज्ञापन

बरामद सामग्री र कन्टेनरलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।