प्रहरीले कपिलवस्तुको बाणगंगा नगरपालिका-६ बनकसियास्थित जनप्रिय बालुवा प्रशोधन उद्योगमा शुक्रबार मध्यराति छापा मारेको छ।
सो अवसरमा प्रहरीले दुई लाख २० हजार ६९० रुपैयाँ नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको हो। लामो समयदेखि त्यहाँ जुवा सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय पिपराको संयुक्त टोलीले जुवाको खालमा छापा हानेको थियो।
सो नगदसहित ६ बुक तास र १५ वटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बाणगंगा नगरपालिका-६ बनकसियाका ४० वर्षीय ज्ञानु चौधरी, बाणगंगा-२ पिपराका ३६ वर्षीय शंकर अर्याल, कपिलवस्तु नगरपालिका-९ कुस्माका ४१ वर्षीय अमृत पौडेल, बाणगंगा-५ कोपवाका ३३ वर्षीय जीवन विश्वकर्मा, बाणगंगा-६ भक्लापुरका ३१ वर्षीय चेतप्रसाद अर्याल, बाणगंगा-८ बोडगाउँका २२ वर्षीय अमित आचार्य रहेका छन्।
त्यस्तै, बाणगंगा-८ धोडेटोलका ३१ वर्षीय गणेश विक, बाणगंगा-११ हथौसाका २८ वर्षीय ईरफान अली, कपिलवस्तु नगरपालिका-९ कुस्माका ३१ वर्षीय मोहन सुनार, बाणगंगा-८ बोडगाउँका ३६ वर्षीय हिमाल पौडेल र बाणगंगा-६ भक्लापुरका २८ वर्षीय राजेश घर्ती रहेका छन्।
घटनाको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।