ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

बागमतीले १०औँ राष्ट्रिय खेलकुदमा ३२ वटै खेलमा सहभागिता जनाउने

बागमती प्रदेशले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा सहभागिता जनाउने भएको छ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार प्रतियोगितामा बागमतीबाट ६५६ खेलाडीसहित कुल ७८२ जनाको सहभागिता रहने छ। प्रतियोगिताका लागि प्रदेशका १३ वटै जिल्ला तथा सम्बन्धित खेल संघलाई तयारी र खेलाडी छनोटका लागि पत्राचार गरिएको छ। आगामी कात्तिक १५ गतेभित्र सबै खेलको छनोट प्रक्रिया सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

कुल ३२ खेलमध्ये १२ खेलमा जिल्लास्तरबाट खेलाडी छनोट गरिनेछन् भने बाँकी खेलमा खुल्ला छनोट हुनेछ। खुल्ला छनोटमा प्रदेशका १३ जिल्लामा बसोबास गर्ने सम्बन्धित खेलका खेलाडी सहभागी हुन सक्ने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।

विज्ञापन

यसअघि सम्पन्न तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितालाई पनि १०औँ राष्ट्रिय खेलकुदको पूर्वतयारीका रूपमा लिइएको सदस्यसचिव लामाले बताए। उक्त प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनलाई समेत छनोट प्रक्रियासँग जोडिने उनको भनाइ छ।

राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष प्रशिक्षण दिने तयारी गरिएको छ। खेलाडीको शारीरिक तयारीसँगै खेल मनोविज्ञान, पोषण तथा नियमित प्रशिक्षणलाई प्राथमिकता दिइने परिषद्ले जनाएको छ।

आवश्यकताअनुसार योग्य प्रशिक्षक नियुक्त गरेर खेलाडीलाई प्रशिक्षण गराइने सदस्यसचिव लामाले बताउनुभयो। ‘उत्कृष्ट नतिजाका लागि आवश्यक आधार तयार गर्दैछौँ’, उनले भने। प्रतियोगितामा सहभागिताका लागि बागमती प्रदेशले रु पाँच करोड ६० लाखको स्रोत सुनिश्चित गरेको छ।

प्रदेश सरकारले प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्थासमेत अघि बढाएको छ।

प्रदेश सरकारले स्वर्ण पदक विजेतालाई रु एक लाख, रजत पदक प्राप्त गर्नेलाई रु ७५ हजार र कास्य पदक पाउनेलाई रु ५० हजार प्रदान गर्ने गरी कार्यविधि तयार गरिएको परिषद्ले जनाएको छ। रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।