बंगलादेशका दर्जनौँ पोशाक कारखाना बिहीबार बन्द भएका छन्।
मजदुरहरूले उच्च ज्यालाको माग गर्दै हडतालको आयोजना गरेपछि धेरैजसो कारखानाले उत्पादनलाई निरन्तरता दिन नसकेको बताएका छन्।
यसले मालिकहरूलाई हडतालमा रहेकाहरूको ज्याला रोक्ने सोच बनाउन बाध्य तुल्याएको छ।

अक्टोबरमा सुरु भएको यो अशान्तिले वार्षिक करिब ३८ अर्ब डलर कमाउने उद्योगलाई अवरोध पुर्याउने खतरा छ।
यो उद्योग क्षेत्रले देशको निर्यात आम्दानीको पाँच भागको चार भाग र चार करोडभन्दा बढी मजदुरलाई रोजगारी दिन्छ।
‘बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए)’ ले मजदूरसँग ज्यालाबारे वार्ता जारी रहँदा शान्त रहन आग्रह गरेको छ।
कुल १७ करोड जनसङ्ख्या भएको यो दक्षिण एसियाली राष्ट्र चीनपछि विश्वको दोस्रो ठूलो पोशाक निर्यातकर्ता हो र प्रमुख अन्तर्राष्ट्रिय फेसन ब्रान्डहरूलाई आपूर्ति गर्छ।
बिहीबार गाजीपुर, आशुलिया र साभरका मुख्य औद्योगिक क्षेत्रका मजदुरहरू कारखाना गए तर काम गर्न अस्वीकार गरे र सडकमा प्रदर्शनका लागि निस्कने प्रयास गरे तर जहाँ प्रहरीले उनीहरूलाई रोके।
‘यी अवरोधहरूले सबैलाई हानि पुर्याउँछ। व्यवसायले पैसा गुमाउँछ, मजदुरले काम गर्ने दिन गुमाउँछ, अर्थतन्त्रमा असर पर्छ र खरिदकर्ताहरूले बंगलादेशलाई स्रोत गन्तव्यका रूपमा प्रश्न गर्न थाल्छन्,’ डेनिम एक्सपर्ट लिमिटेडका अतिरिक्त प्रबन्ध निर्देशक तथा बीजीएमईएका पूर्व निर्देशक मोहिउद्दिन रुबेलले भने।
उनले थपे, ‘त्यो क्षतिपूर्ति गर्न गाह्रो हुन्छ।’
बंगलादेशको पोशाक ज्याला बोर्डले नोभेम्बर ४ मा प्रमुख क्षेत्रमा न्यूनतम ज्याला बढाउन सहमति जनाएको थियो।
त्यसपछि कारखानाहरू पुनः सञ्चालनमा आएका थिए। तर नयाँ ज्याला दर डिसेम्बरसम्म घोषणा हुने छैन र जनवरीबाट लागू हुनेछ, जसले मजदुरहरूलाई आफ्नो तलब कति बढ्ने हो भन्ने अनिश्चिततामा राखेको छ।
मजदुरहरूले मासिक न्यूनतम ज्याला ३० हजार टाका (२४) डलर० को माग गरेका छन्, जुन हालको १२ हजार ५०० टाकाबाट १४० प्रतिशतको वृद्धि हो।
बुधबारदेखि विरोध पुनः सुरु भएको थियो। बीजीएमईए स्रोतहरूका अनुसार एक सयभन्दा बढी पोशाक कारखाना विद्यार्थी नेतृत्वको आन्दोलन उत्कर्षमा पुगी १५ बर्षसम्म सत्ता सम्हालेकी शेख हसिना भारत पलायन भएसँगै नयाँ सरकार गठन भएपछि बन्द भएका छन्।
बीजीएमईएले बंगलादेशमा चार हजार ५०० भन्दा बढी सदस्य कारखाना रहेको बताएको छ।
‘हामी बिहान कारखाना गयौँ, हाजिर गर्यौँ र घर फर्कियौँ,’ खनाम नामकी तयारी (रेडिमेड) पोशाकका क्षेत्रमा काम गर्ने मजदुरले भने।
‘मलाई लाग्दैन प्रदर्शनहरू चाँडै शान्त हुनेछन्। ज्याला बोर्डले संशोधित र स्वीकार्य ज्याला नल्याएसम्म यो जारी रहनेछ।’
बुधबार आपत्कालीन बैठक गरेका बीजीएमईए अधिकारीहरूले कारखाना मालिकहरूले ‘काम नगरे ज्याला नदिने’ नीति अपनाउने सोच बनाइरहेको बताए।
‘ज्याला बोर्डमा वार्ता र कारखानामा अशान्ति एकै समयमा चल्न सक्दैन,’ प्रोथोम आलो पत्रिकाले बीजीएमईए अध्यक्ष महमुदुल हसानलाई उद्धृत गरी लेखेको छ। एएफपी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।