विज्ञापन
राजनीति

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव : आफ्नो समूह र पार्टी नभनी भ्रष्टाचारीलाई जेल हाल्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्न र उनीहरूको अवैध सम्पत्ति जफत गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै कसलाई सरकारबाट हटाउने र कसलाई राख्ने भन्नेभन्दा पनि भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकता दिन आग्रह गरेका हुन्।

शाहीले अपराधमा संलग्न व्यक्तिलाई पार्टी, समूह र आफन्त नभनी कारबाही गर्नुपर्ने बताएका छन्।

विज्ञापन

‘कसलाई निकाल्नुपर्छ निकाल्नुस्, कसलाई राख्नुपर्छ राख्नुस्। तर भ्रष्टाचारीहरूलाई जेल हाल्नुपर्‍यो। उनीहरूको अवैध सम्पत्ति जफत गर्नुपर्‍यो। देशमा रोजगारी सिर्जना गर्नुपर्‍यो,’ सामाजिक सञ्जालमार्फत उनले भने, ‘अपराधीहरू जोसुकै हुन्, आफ्नो–पराइ नभनी कारबाही गर्नुपर्‍यो। पार्टी हेर्नुभएन, आफ्नो समूह हेर्नुभएन।’

उनले अबको पाँच वर्षपछि कुनै पनि नेपाली युवा रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

‘अबको पाँच वर्षपछि कुनै पनि नेपाली युवा विदेशमा गएर पसिना बगाउन नपरोस्, अर्काको देशमा श्रम गर्न बाध्य हुन नपरोस्। प्रधानमन्त्रीज्यू, जनताको अपेक्षा यत्ति हो,’ उनले भनेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।