जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले देश जोगाउने र पार्टी जोगाउनेबिच फरक हुन्छ भनी प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिमा टिप्पणी गरेका छन्।
बस्नेतले प्रधानमन्त्रीको कुन कर्मले यो देश कहाँनेर जोगियो भन्दै प्रश्न गरेका हुन्।
बस्नेतले भने, ‘कुनै बेला केपी शर्मा ओली र पुष्पकमल दाहालबिच पार्टीभित्र, संसदभित्रै जुहारी चल्थ्यो। एउटाले नाटकै हो भन्थे। अर्काले नौटंकी नै हो भन्थे। एउटा पार्टीका यी दुई अध्यक्षले जनताको दुईतिहाइ मतलाई सत्ताको अहङ्कार र सत्तामा पुग्ने लालसा हो भन्ने ठाने। अब पालो रबि र बालेनको आएको छ।’

जेनजी आन्दोलनको बलमा सत्तामा पुगेका रवि–बालेन मिडियामार्फत जुहारी खेल्न थालेको भन्दै यिनीहरूलाई आफूहरूले सत्ता चलाउनु भनेको सबै ठीकठाक हुनु हो भन्ने लागेको उनको भनाइ छ। ‘अरु खराब थिए, त्यसैले हामी ठीक हौँ भ्रम छ,’ उनले भने।
बस्नेतले भने, ‘देश जोगाउने र पार्टी जोगाउनेबिच फरक हुन्छ भन्ने प्रधानमन्त्रीज्यूलाई प्रश्न, तपाईँको कुन चाही त्यस्तो कर्मले यो देश कहाँनेर जोगियो? कसरी देश जोगाउँदै हुनुहुन्छ?’



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।