विज्ञापन
खेलकुद

पावरप्लेमै धर्मरायो कर्णाली: ६ ओभरमा ५६ रन बनाउँदा गुम्यो ४ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको २१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्सले पावरप्लेमै ४ विकेट गुमाउँदै कमजोर सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर जवाफी ब्याटिङ थालेको कर्णालीले ६ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ५६ रन बनाएको छ।

कर्णालीलाई अब जितका लागि बाँकी ८४ बलमा १६२ रन आवश्यक छ। हाल क्रिजमा डेविड मिलर १ रन र पवन सर्राफ शून्य रनमा अविजित छन्।

विज्ञापन

कर्णालीका लागि छैटौं ओभर निकै घातक साबित भयो। स्पिनर मेहदी हसनले सो ओभरमा मात्र ७ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिए।

उनले ५.३ ओभरमा मार्क वाटलाई ८ रनमा आउट गरे भने ५.५ ओभरमा आक्रामक ब्याटिङ गरिरहेका दीपक डुम्रेलाई २२ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरे। डुम्रेले मात्र ७ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए।

यसअघि कर्णालीले १.३ ओभरमा ओपनर जिशान आलमलाई शून्य रनमै गुमाएको थियो। उनलाई धनन्जय लक्षणले अर्जुन कुमालको हातबाट क्याच गराए।

अर्का ओपनर आरिफुल इस्लामले १३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोडे पनि २.४ ओभरमा कुशल भुर्तेलको बलमा चामिका करुणारत्नेबाट क्याच आउट भए।

पोखराका लागि मेहदी हसनले १ ओभरमा ७ रन दिएर २ विकेट लिएका छन्। त्यस्तै धनन्जय लक्षणले २ ओभरमा ११ रन खर्चेर १ विकेट र कुशल भुर्तेलले २ ओभरमा २९ रन दिएर १ विकेट हात पारे।

चामिका करुणारत्नेले १ ओभर बलिङ गर्दै ९ रन खर्चिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।