ब्रेकिङ न्युज
विज्ञापन
समाज

पार्टी हाँक्ने मुख्य साथीहरू पदाधिकारीमै भिड्दा बाहिरिने जोखिम देखियो: गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सञ्चालनका लागि आवश्यक पर्ने योग्य नेताहरू पदाधिकारी पदमै एकापसमा प्रतिस्पर्धा गर्दा बाहिरिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ६:०५ बजे राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

सबै प्रभावशाली र जिम्मेवार नेताहरू पदाधिकारीमै केन्द्रित हुँदा भोलि पराजित भएर पार्टीको केन्द्रीय संरचनाबाटै बाहिरिन सक्ने अवस्था आउन नदिन आफूले व्यक्तिगत रूपमा पनि नेताहरूलाई संवाद र व्यवस्थापनका लागि आग्रह गरिरहेको उनले बताए।

विज्ञापन

केन्द्रीय समिति विस्तार र समावेशी प्रतिनिधित्वबारे बोल्दै थापाले डायस्पोरामा रहेका श्रमिक नेपाली नागरिकहरूलाई समेत पार्टीको केन्द्रीय जिम्मेवारीमा जोड्न नयाँ संख्या थपिएको जानकारी दिए।

खुला प्रतिस्पर्धाका कारण दलित, मधेसी, महिला तथा खस-आर्यबाहेकका क्लस्टरहरूको प्रतिनिधित्व कम नहोस् भन्नका लागि उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदको संख्या र संरचनामा नयाँ अभ्यास गरिएको उनको भनाइ थियो।

संसदीय दलमा जस्तै पार्टीमा पनि फरक समुदाय र पृष्ठभूमिका नेताहरूलाई समान अवसर सुनिश्चित गर्न पदाधिकारीको संरचना परिमार्जन गरिएको उल्लेख गर्दै सभापति थापाले यसबाट पार्टी थप समावेशी र सशक्त बन्ने विश्वास व्यक्त गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।