दैलेखमा बोलेरो जिप दुर्घटना हुँदा बिरामीसहित ६ जना घाइते भएका छन्।
सोमबार बिहान (आज) करिब ५:३० बजे गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।
प्रहरीका अनुसार विषादी सेवन गरेकी बिरामी कैसी सार्कीलाई अक्सिजनसहित उपचारका लागि सुर्खेत लैजाने क्रममा जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडा गम्भीर घाइते भएका छन्। उनीसँगै सोही ठाउँका १८ वर्षीय गंग शार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकाल सार्की, ४१ वर्षीय रने शार्की र २७ वर्षीया बिरामी कैसी सार्की घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।