विज्ञापन
प्रविधि

दुई हजार जनालाई लक्षित गरेर आह्वान गरिएको एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी अनलाइन तालिममा ६८ हजारभन्दा बढी आवेदन परेका छन्। सुरुमा दुई हजार युवालाई मात्र सहभागी गराउने लक्ष्य राखिएकोमा अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएपछि सरकारले सबै आवेदकलाई तालिममा सहभागी गराउने निर्णय गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘Mastering AI with Effective Prompt Engineering’ नामक तालिममा युवाहरूको उल्लेखनीय आकर्षण देखिएको हो।

प्रतिष्ठानका अनुसार पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा थप २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका छन्। युवाहरूको उत्साह र सहभागितालाई मध्यनजर गर्दै तालिमको दायरा विस्तार गरी सबै आवेदकलाई समेट्ने निर्णय गरिएको हो।

विज्ञापन

सुरुमा कात्तिक १८ र १९ गते चारवटा छुट्टाछुट्टै सत्र सञ्चालन गरी प्रतिसत्र ५०० जनाका दरले दुई हजार युवालाई तालिम दिने योजना थियो। अब भने आवेदन दिएका सबैलाई आफूले फाराममा रोजेको सत्रअनुसार सहभागी गराइनेछ।

तालिममा सहभागी हुन आवश्यक लिंक कक्षा सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत पठाइनेछ। सहभागीहरूले प्राप्त लिंकबाट दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। मोबाइल फोन वा ल्यापटप प्रयोग गरेर प्रत्यक्ष अनलाइन कक्षामा सहभागी हुन सकिने व्यवस्था गरिएको छ।

तालिममा ChatGPT, Claude लगायतका एआई उपकरणको प्रभावकारी प्रयोग, उपयोगी प्रम्प्ट लेखन, इमेल तथा कार्यालयका कागजात तयार गर्ने, प्रस्तुति निर्माण, तस्बिर तथा छोटा भिडियो बनाउने र एआईबाट प्राप्त जानकारीको सत्यता जाँच गर्ने विषय समेटिनेछन्।

युवाहरूलाई अध्ययन, रोजगारी तथा व्यावसायिक क्षेत्रमा एआई प्रविधिको उपयोग गर्न सक्षम बनाउनु तालिमको मुख्य उद्देश्य रहेको छ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ING Group Pvt. Ltd. र ज्ञान बजार अनलाइन प्रा.लि.को सहकार्यमा तालिम सञ्चालन गर्न लागेको हो। प्रतिष्ठानले आगामी दिनमा पनि रोजगारमूलक तथा प्रविधिसम्बन्धी तालिम विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रविधि बाट थप

थप — प्रविधि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।