खेलकुद

दशौं राष्ट्रिय खेलकुद : उद्घाटन खेलमा विभागीय टिम आर्मी विजयी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ।

वीरेन्द्रनगर रंगशालामा टस जितेर फिल्डिङ रोजेको आर्मीले कोशी प्रदेशलाई ६५ रनमा अलआउट गर्‍यो।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रनको योगदान दिइन्। ३६ बल खेलेकी रुविनाले एक छक्का र पाँच चौका प्रहार गरिन्।

विज्ञापन

रुविनालाई अन्य व्याटरहरुले साथ दिन सकेनन्। यस्तै, रुविना महलाले ५ रन, सृजनाकुमारी राजवंशीले ४ रनको योगदान दिइन्।

कोशीलाई सस्तैमा रोक्ने क्रममा आर्मीकी यमुना थारुले सर्वाधिक चार विकेट लिइन्। चार ओभर बलिङ गरेकी यमुनाले दुई ओभर मेडन राख्दै ६ रन खर्चिइन्।

यस्तै मनिषा उपाध्यायले दुई विकेट र कविता कुँवर, इश्वरी विष्ट, लक्ष्मी साउँद र संगीता गुरुङले एक–एक विकेट लिए।

जवाफी ब्याटिङ गरेको आर्मीले १३.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

आर्मीकी ओपनर विन्दु रावलले सर्वाधिक २१ रन बनाइन्। २८ बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन्।

यस्तै रुवी पोद्दारले १८, कविता कुँवरले नटआउट १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन्।

कोशीकी रुविना क्षेत्रीले तीन विकेट हात पारिन् भने एलिशा खादियाले एक विकेट लिइन्।

प्रतियोगिताको प्लेयर अफ दि म्याच आर्मीकी यमुना थारु भइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।